Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा प्रचण्ड–माधव समूहको अनेरास्ववियूको अगुवा कार्यकर्ता भेला आज हुँदै :प्रचण्ड–माधवले सम्बोधन गर्ने

नेकपा प्रचण्ड–माधव समूहको अनेरास्ववियूको अगुवा कार्यकर्ता भेला आज हुँदै :प्रचण्ड–माधवले सम्बोधन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७७ आइतवार • १०:३८:५३ बजे
  • 1.5K
    SHARES
  • नेकपा प्रचण्ड–माधव समूहको अनेरास्ववियूको अगुवा कार्यकर्ता भेला आज हुँदै :प्रचण्ड–माधवले सम्बोधन गर्ने

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको अनेरास्ववियूको बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला आज हुँदैछ ।

    images

    काठमाडौंको प्रज्ञा भवनमा दिनको १२ बजे हुने भेलामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

    विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई पछिल्लो राजनीतिक परिस्थितिबारे प्रशिक्षित गर्न अगुवा भेलाको आयोजना गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

    प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनमा रहेका नेकपा (प्रचण्ड–माधव) समूहले देशव्यापी रुपमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology