नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यपनि घटेको छ । नेपाली बजारमा आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।