Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फाइजर खोप लगाएको केही घण्टामा नै २३ जनाको मृत्यु

फाइजर खोप लगाएको केही घण्टामा नै २३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७७ आइतवार • १३:२२:०० बजे
  • 1.8K
    SHARES
  • फाइजर खोप लगाएको केही घण्टामा नै २३ जनाको  मृत्यु

    एजेन्सी / नर्वेमा फाइजर र बायोन्टेकले संयुक्त रुपमा निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएका २३ जनाको मृत्यु भएको छ । १३ जनाको खोप लगाउने बितिकै साइड इफेक्ट देखिएपछि उपचारकै क्रममा र अन्य १० जनाको भने खोप लगाएको केही घण्टामा नै मृत्यु भएको हो ।
    मृत्यु हुनेमा ८० बर्ष उमेर समूहका रहेका छन् । नर्वेका मेडिसिन एजेन्सीका मुख्य चिकित्सक सिगर्ड हार्टेमोले साधारण ज्वरो आएका व्यक्तिहरुमा खोप लिने बितिकै सामान्य प्रभाव परेको र गम्भीर प्रकृतिका बिरामीलाई भने उक्त खोप घातक सावित भएको बताउनुभयो । घटना लगत्तै नर्वेले कोरोनाको खोपको स्वरुप परिवर्तन गरेको सिगर्डले जानकारी दिनुभयो ।

    images

    यता फाइजरले भने घटनाबारे नर्वे मेडेसिन एजेन्सीसंगको समन्वयमा अनुसन्धान भइरहेको जनाएको छ । नर्वेमा ३० हजार भन्दा बढीलाई गत महिना फाइजर र मोर्डनाको पहिलो डोज दिइसकेको छ । नर्वेमा कोरोना संक्रमितको संख्या ५८ हजार ४ सय ४५ रहेका छन् भने ५ सय १७ जनाको मृत्यु भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology