Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेकालाई पुरस्कृत गरिने

रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेकालाई पुरस्कृत गरिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७७ आइतवार • १८:२७:३२ बजे
  • 1.2K
    SHARES
  • रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेकालाई पुरस्कृत गरिने

    वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्टि«य उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुलाई उनीहरुको योगदानको कदर गर्दै पुरस्कृत गरिने भएको छ ।

    images

    स्वरोजगारीलाई प्रोत्साहन गर्न नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको हो ।

    श्रमिक भिसामा विदेश गई कम्तिमा १ वर्ष काम गरी फर्किएका नेपाली नगरिक यस सम्मान तथा पुरस्कारका लागि योग्य रहने छ । विगत ५ वर्ष भित्रमा यस प्रकारको सम्मान तथा पुरस्कार प्राप्त नगरेको हुनुपर्ने सूचनामा जनाइएको छ ।

    विदेशमा काम गरी फर्केका उद्यमी राष्टिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ को अनुसूची २ अनुसारको आवेदन फाराम भरी खामबन्दी गरी माघ १९ गतेसम्म श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन भनिएको छ । साथै, इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था रहेको जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology