एजेन्सी । हामीले नेपालका पर्यटकीय गन्तव्यका कुरा गर्दा प्राकृतिक छटाहरुको दृष्यावलोकनलाई सम्झने गर्दछौं । तर संसारमा अनौठा अनौठा क्रियाकलापले धेरै मानिसहरुलाई तान्ने गरेको छ ।
हाम्रो जस्तो प्राकृतिक मनोरम दृष्य नहुँदा विभिन्न देशहरुमा विभिन्न प्रकारले पर्यटकहरुलाई लोभ्याउने मानवनिर्मित स्थलहरु सृजना गरिएका छन् । त्यसैमा हामी एउटा यस्तो पर्यटकीय गन्तव्यको कुरा गर्दैछौं जहाँ हजारौं किलोमिटरको दूरी पार गरी पर्यटकहरुको भीड लाग्ने गरेको छ । यहाँ महिलाले लगाउने ब्रा (बिकिनी)का कारण यस विश्व प्रसिद्ध स्थानमा पर्यटकहरु आउँछन् ।

संसारमा मानव निर्मित पर्यटकीय स्थलहरु लाखौं खर्च गरेर बनाईएका छन् । तर यो स्थान बिना कुनै खर्च निर्माण भएको हो । महिलाहरुको ब्रा का कारण न्यूजील्याण्डको कार्डरोना सहरमा रहेको यो स्थानमा पर्यटकहरुको व्यापक भीड लाग्ने गरेको छ । यो पर्यटकीय प्रयोजनका लागि भने बनाईएको ठाउँ भने होइन । तर यो ठाउँ आफ्नो अनौठो कारणले चर्चित छ ।

यहाँ अचानक पर्यटकहरुको घुइँचो लाग्न थालेको पनि यहाँको नौलोपनले हो । यो ठाउँमा पहिले नयाँ वर्षको अवसरमा चारवटा मात्र ब्रा टाँगिएका थिए । यसरी चारवटा ब्रा देख्दा मानिसहरुमा आश्चर्य अनुभूति भएको थियो ।

उक्त स्थानमा नयाँ वर्ष मनाउन आएका चार महिलाले त्यहाँ चारवटा ब्रा झुण्डाएर गएका थिए । पछि मानिसहरुले एकपछि अर्को गर्दै ब्रा झुण्डाउन थालेपछि उक्त स्थान पर्यटकीय स्थल बनेको हो ।
अहिले उक्त स्थान बिकिनी बारका नामले प्रसिद्ध छ । यहाँ संसारका प्रायः सबै देशका ब्रा यहाँ झुण्डाइएको छ । यहाँ आउने पर्यटकहरु पनि अब ब्रा झुण्डाउँदै जान थालेका छन् ।
