Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड–माधवले लोकतन्त्र र गणतन्त्रको विरुद्ध हमला गरे : प्रधानमन्त्री ओली

प्रचण्ड–माधवले लोकतन्त्र र गणतन्त्रको विरुद्ध हमला गरे : प्रधानमन्त्री ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७७ आइतवार • २१:१६:०२ बजे
  • 1.9K
    SHARES
  • प्रचण्ड–माधवले लोकतन्त्र र गणतन्त्रको विरुद्ध हमला गरे : प्रधानमन्त्री ओली
    प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताउनुभएको छ ।

    अखिल नेपाल महिला सङ्घ(अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा उहाँले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको स्पष्ट गर्नुभयो ।


    “संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो” “कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन  ओलीले गणतन्त्रको सम्मानित संस्था राष्ट्रपति माथि नै चरणबद्ध हमला गर्नु लोकतान्त्रिक पद्धति नभएको बताउनुभएको छ । लोकतन्त्र र गणतन्त्रको विरुद्ध प्रचण्ड–माधव पक्षले शृङ्खलाबद्ध हमला गरिरहेकाले उहाँहरु लोकतान्त्रिक अभ्यास बाहिर रहेको टिप्पणी गर्नुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology