Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल आयल निगमले हाइड्रोजन इन्धन खोज्न थाल्यो

नेपाल आयल निगमले हाइड्रोजन इन्धन खोज्न थाल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७७ सोमवार • ०९:५६:१० बजे
  • 2.6K
    SHARES
  • नेपाल आयल निगमले हाइड्रोजन इन्धन खोज्न थाल्यो

     नेपाल आयल निगमले हाइड्रोजन इन्धनको खोजी गर्न शुरु गरेको छ । वातावरण प्रदुषण बढ्न नदिन र हाल प्रयोगमा रहेको इन्धनका भविष्य राम्रो नदेखिएपछि निगमले हाइड्रोजन इन्धनको खोजी शुरु गरेको हो ।

    images

    यस विषयमा थप अध्ययन अनुसन्धानका लागि गत पुस २४ मा काठमाडौं विश्वविद्यालय (केयू) सँग एमओयूसमेत गरिएको निगमले जनाएको छ ।

    नेपालमा सम्भावना देखिए प्रविधि ल्याएर पाइलटिङ गरिने निगमले जनाएको छ । हाल केयूमा ग्रिन हाइड्रोजन ल्याब सञ्चालनमा छ । थप अध्ययनका लागि ल्याबमा सहयोग गर्ने गरी एमओयू गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

    यद्यपि हाइड्रोजन इन्धन उत्पादनका लागि कति खर्च लाग्छ भन्ने अध्ययन भइसकेको छैन । कानुन पनि बनिसकेको छैन । केयूसँगको सम्झौतापछि कानुन बनाउने, हाइड्रोजन इन्धनको नीति, लागतलगायतको सम्भाव्यता अध्ययन गरिने उनको भनाइ छ ।

    निगमका अनुसार हाइड्रोजन इन्धनका लागि विद्युत् पनि आवश्यक पर्छ । त्यसका लागि विद्युत् प्राधिकरणसँग सम्झौता गरिनेछ । ‘जापानले तीन वर्षभित्र हाइड्रोजन गाडी उत्पादन गर्दै छ ।

    हाइड्रोजन इन्धनको अध्ययन र उत्पादन सुरु गरिएन भने फेरि आयातमै निर्भर हुनुपर्ने बाध्यता आउँछ,’ पौडेलले भने, ‘नेपालमा गाडीको प्रयोग गर्न समय लाग्न सक्छ । तर यहाँ हाइड्रोजन इन्धन उत्पादन गरेर निर्यात गर्न भने सकिन्छ । यसका लागि वातावरण बने ठूलो लगानी भित्रिन्छ, यसको भविष्य पनि राम्रो छ ।’

    इन्धन आयातकै लागि वार्षिक करिब २ खर्ब रुपैयाँ बाहिरिने गरेको निगमको तथ्यांक छ । इन्धनको खपत बर्सेनि बढ्दै छ । निगमले आईओसीबाट पेट्रोलियम पदार्थ आयात गर्छ । आईओसीले नै हाइड्रोजन इन्धन खपत हुने गाडी अर्डर गरेपछि निमलाई थप दवाब बढेको हो ।

    निगमसँग पाँच वर्षको एमओयू भएको केयू मेकानिकल इन्जिनियरिङ विभागका उपप्राध्यापक विराजसिंह थापाले जानकारी दिए । केयूको सहकार्यमा निगमले हाइड्रोजन इन्धन उत्पादन गरेर निर्यार्त गर्नेसम्मको योजना बनाएको छ । यसअन्तर्गत लगानी र प्रविधिको अनुसन्धान हुनेछ । दुई वर्षमा हाइड्रोजन इन्धन उत्पादन गरेर परीक्षण पनि गरिने थापाको दाबी छ ।

    निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पनि हाइड्रोजन इन्धनका विषयमा धेरै मुलुकले अध्ययन गरिरहेकाले निगमले पनि सुरुवात गरेको प्रतिक्रिया दिए ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology