Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्डलाई टाउको चिलाएर लाठी खान मन लागेपछी !

प्रचण्डलाई टाउको चिलाएर लाठी खान मन लागेपछी !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ५, २०७७ सोमवार • ११:५०:३२ बजे
  • 973
    SHARES
  • प्रचण्डलाई टाउको चिलाएर लाठी खान मन लागेपछी !
    नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफूलाई लाठी खान मन लागेको बताएका छन्।

    किन किन टाउको चिलाएको छ भन्दै उनले लाठी खान मन भएको उल्लेख गरेका छन्।

    एस अघि पोखरामा भएको प्रदेश स्थतीरा नेता कार्यकर्ता भेलामा समेत उनले लाठी खान मन लागेको बताएका थिए ।

    प्रज्ञा भवनमा आफूपक्षका नेताकार्यकर्ता उपस्थित आजको भेलामा बोलेका प्रचण्डले भने, ‘मलाई किन किन टाउको चिलाएको छ, लाठी खान मन छ योपटक। साँच्चै हो।’


    उनले माघ ९ गते जनप्रदर्शनमा आफू अग्रभागमा उभिने पनि बताएका छन्।

    ‘तपाईंहरू पछाडि र म अगाडि बसेर माघ ९ मा प्रदर्शन हुन्छ,’ उनले भने, ‘युवाको काँधमा ठूलो जिम्मेवारी छ। ठूलो षड्यन्त्र हुँदैछ, रोक्नुछ।’

    उनले युवा र विद्यार्थीलाई बाघ र सिंहजस्तो गर्जन भनेका छन्। प्रतिक्रान्तिकारीका मुटु हल्लिने गरी आफूहरूले आन्दोलन गर्ने पनि उनले बताएका छन्।

    उनले गिरिजाप्रसाद कोइराला, माधव नेपाल र झलनाथ खनालहरूले विगतमा लाठी खाएजस्तै आफूलाई पनि लाठी खान मन लागेको बताएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology