Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाविरुद्धको खोपको जोहो गर्ने क्रममा पालो नमिच्न डब्ल्युएचओको आग्रह

कोरोनाविरुद्धको खोपको जोहो गर्ने क्रममा पालो नमिच्न डब्ल्युएचओको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७७ मंगलवार • ०९:३७:१४ बजे
  • 1.8K
    SHARES
  • कोरोनाविरुद्धको खोपको जोहो गर्ने क्रममा पालो नमिच्न डब्ल्युएचओको आग्रह

    एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यु एचओ) का प्रमुखले सबै मुलुकहरुलाई कोरोनाविरुद्धको खोपको जोहो गर्ने क्रममा पालो नमिच्न आग्रह गरेका छन्। टेड्रोस एडहानोम गेहब्रेयससले ‘मलाई पहिला’ भन्ने शैली आफ्नै लागि पनि हानिकारक हुने बताए।

    images

    पहिले आफुले मात्रै पाउने पर्ने अडान लिंदा खोपको मूल्य र अधिक संचय गर्ने क्रम बढ्ने उनले चेतावनी दिएका छन्।

    डब्लुएचओका महानिर्देशकले असमान खोप वितरणका कारण संसार चरम नैतिक सङ्कटको सम्मुख भएको भन्दै अन्तर्राष्ट्रिय खोप आपूर्ति सञ्जाल कोभ्याक्स अभियानप्रति सबै देशलाई प्रतिबद्धता हुन आग्रह गरेका छन ।

    कोभ्याक्सअन्तर्गत आगामी महिनादेखि खोप आपूर्ति गर्न थालिने बताइएको छ।

    उनले गरिब देशका स्वास्थ्यकर्मी तथा जोखिमपूर्ण समुदायभन्दा पहिले धनी देशका युवा तथा स्वस्थ्य मानिसहरूले खोप लगाउनु अनुचित भएको पनि बताएका छन्।

    सोमवार डब्लुएचओको कार्यकारी समितिलाई सम्बोधन गर्दै उनले भने, “मैले केही खरो बोल्नु पर्ने भएको छ । विश्व नैतिक विफलताको डिलमा पुगेको छ । अनि यसको मूल्य विश्वका गरिब देशहरूका मानिसहरूले आफ्नो जीवन र जीविकाले तिर्नुपर्नेछ।”

    आफूलाई मात्र खोपको जोहो गर्ने शैली प्रति सङ्केत गर्दै उनले भने, “अन्ततः यस्ता कार्यले केवल महामारीलाई लम्ब्याइदिनेछ। अनि त्यसका साथै महामारीका लागि आवश्यक निषेध अनि मानवीय र आर्थिक पीडा लम्बिनेछ।”

    संसारका ४९ वटा धनी देशहरूले ३ करोड ९० लाख मात्राको खोप लगाइसकेको तर न्यून आय भएका एउटा देशमा जम्मा २५ मात्राको खोप पुगेको उनले बताए।

    हालसम्म भारत, चीन, रुस, अमेरिका, यूके अनि केही बहुराष्ट्रिय टोलीले खोप विकास गरेका छन्।

    सबैले आफ्नै जनसङ्ख्यालाई खोप लगाउन प्राथमिकता दिएका छन्।

    “मेरो मुख्य चुनौती भनेको एप्रिल ७ को आगामी विश्व स्वास्थ्य दिवस अगावै सबै देशहरूमा कोभिड–१९ को खोप लगाउन थालियोस् भन्ने छ। जसले महामारी तथा असमानताविरुद्ध आशा जगाउन सकोस्” डा. टेड्रोसले भने।

    हालसम्म १८० देशहरू कोभ्याक्समा सामेल भएका छन्।

    यो सञ्जाललाई डब्लुएचओ तथा केही अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन् । यसमा सबै देशहरूलाई एकताबद्ध पारेर औषधि कम्पनीहरूसँग मोलतोल गर्न सकियोस् भन्ने उद्देश्य रहेको छ ।

    यस अन्तर्गत न्यून वा मध्यम आय भएका ९२ देशहरूका निम्ति दाताहरूले खोपको पैसा तिरिदिनेछन्।

    डब्ल्यु एचओले पाँच खोप उत्पादकसँग दुई अर्ब मात्राको खोप आपूर्ति सुनिश्चित गरिसकेको जनाएको छ । फेब्रुअरीबाट कोरोनाविरुद्धको खोप आपूर्ति सुरु गर्ने डब्ल्यु एचओका प्रमुख डा. टेड्रोसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology