एजेन्सी / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातमा फुटपाथमा सुतिरहेका मानिसहरुलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । करीब २० जनालाई ट्रकले कुल्चिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फुटपाथमा सुतेका सबै मजदुर रहेको र उनीहरु राजस्थानको भएको बताईएको छ । अन्य ५ जनाको पनि गंभीर अवस्थामा अस्पतालमा उपचार भईरहेको त्याहाँको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनामा एक र दुई वर्षका बच्चाको पनि मृत्यु भएको बताईएको छ ।