Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाउँपालिका कार्यालयमा प्रधानमन्त्रीको हटाएर प्रचण्डको फोटो राखे पछि .....

गाउँपालिका कार्यालयमा प्रधानमन्त्रीको हटाएर प्रचण्डको फोटो राखे पछि .....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७७ मंगलवार • १३:४३:४२ बजे
  • 3.0K
    SHARES
  • गाउँपालिका कार्यालयमा प्रधानमन्त्रीको हटाएर प्रचण्डको फोटो राखे पछि .....

    सुनकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको कार्यकक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो हटाएका छन् ।

    images

    प्रधानमन्त्री ओलीको फोटो हटाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो राखिएको पाइएको छ । सरकारी कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने चलन छ । सोहीअनुसार, सुनकोसी गाउँपालिकाको कार्यालयमा यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको फोटो राखिएको थियो ।

    नेकपामा विवाद भएसँगै गाउँपालिका कार्यालयबाट समेत प्रधानमन्त्रीको फोटो हटाएर प्रचण्डको फोटो टाँसेको पाइएको छ । राष्ट्रपतिको फोटो भने टाँसिएकै छ ।

    प्रतिनिधिसभा विघटनपछि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले प्रधानमन्त्री ओलीको फोटो हटाएका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

    गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल र उपाध्यक्ष दिर्वसिंह मोक्तानले पूर्वमाओवादीको तर्फबाट राजनीति गरेर चुनाव जितेकाले प्रचण्डको फोटो राखिएको बताएका थिए ।

    सरकारी कार्यालयमा राजनीतिक दलका नेताको फोटो राखिएको यो सम्भवत पहिलो पटक हो ।

    उपाध्यक्ष मुक्तानले भने प्रधानमन्त्रीको फोटो नहटाएको दावी गरे । ‘अध्यक्ष र मेरो कार्यकक्षबाट फोटो हटाएको होइन’ उनले भने, ‘सफा गर्ने क्रममा प्रधानमन्त्रीको फोटो फुटेको थियो, बनाएर ल्याउँदा ठूलो भएछ, फेरि बनाउन पठाएका छौं । पछिल्लोपटक अध्यक्ष प्रचण्डको फोटो थप टाँस गरिएको उनले जानकारी दिए । नागरिकखबरले यो समाचार लेखेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology