नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु हिंसात्मक आन्दोलन जाने नभनेको स्पष्ट पारेका छन् ।
आफूहरु युद्धमा नभएको बताउँदै अध्यक्ष प्रचण्डले आफूहरुले कानुनी राजको मान्यतामा हस्ताक्षर गरिसकेकाले हिंसात्मक आन्दोलनतर्फ जाने कुरै नहुने बताए ।
काठमाडौंमा प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताए ।
उनले उपलव्धी गुम्ने स्थितिमा सबैभन्दा पीडाबोध आफूलाई भएको भन्दै विगतमा आफूले बोलेका कतिपय कुरालाई अपव्याख्या गर्ने काम भएको बताए । उनले केही दिनअघि शाकाहारी आन्दोलनले नपुग्ने अभिव्यक्ति दिएका थिए ।