Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७७ बुधवार • ११:४८:०२ बजे
  • 2.2K
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदै

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदैछ । हिजो वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बहस सकिएकाले आजको बहसको सुरुवात उनले नै बहसको शुरुवात गर्नेछन् ।

    images

    हिजो भएको बहसमा अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका थिए । रिट निवेदकहरुका तर्फबाट हिजो पाँच जना अधिवक्ताले बहस गर्दै विघटनको सिफारिस बदर गरी संसद पुनःस्थापना हुनुपर्ने माग दोहो¥याएका थिए ।

    हिजो अधिवक्ताहरु डा शिवकुमार यादव, शेरबहादुर ढुङ्गाना, हर्कबहादुर रावल, डा रुद्र शर्मा र डाक्टर ज्ञवालीले बहस गरेका थिए ।
    विघटन बिरुद्ध परेको सबै १३ वटा रिटमा एकै पटक सुनुवाई भईरहेको र त्यो पनि शुरुमा प्रत्यक बुधबार मात्र बहस हुने गरेकोमा गत आईतबारदेखि भने दैनिक बहस भईरहेको छ ।
    यो महिना भित्रमा संसद पुनस्थापनाको निर्णय सदर गर्ने या बदर गर्ने फैसला आईसक्ने अपेक्षा गरिएको छ । यद्यपि, ईजलाशका न्यायधीशहरुले बहस लामो भएको प्रतिकृया दिईसकेका छन् ।
    प्रधानमन्त्री ओली र उनको समुह बाहेक अन्य सबै दल , कानुन व्यवशायी र नागरिक समाजले सर्वोच्चले संसद पुनस्थापना गर्ने आशा राखेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology