Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न अब ३० मिनेट मात्र समय पाउने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न अब ३० मिनेट मात्र समय पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७७ बुधवार • १३:३७:५० बजे
  • 1.2K
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न अब ३० मिनेट मात्र समय पाउने

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न अब ३० मिनेट मात्र समय पाउने भएका छन् । एउटै कानुन व्यवसायीले घण्टौं समय लिएर बहस गर्न थालेपछि आजदेखि समय निर्धारण भएको हो ।

    images

    बुधबार संवैधानिक इजलासमा सुनुवाइ शुरु भएलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बहस गर्दा ३० मिनेट समयभित्र टुंग्याउन निर्देशन दिए । यो निर्देशन अब आदेशका रुपमा रहनेछ ।

    अब संवैधानिक इजलासमा बहस गर्ने पक्ष विपक्षका वकिलले आधा घण्टामा सक्नुपर्ने भएको छ । मंगलबारदेखि नै बहस गरिरहेका चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टाभित्र बहस सक्न भनिएको थियो ।

    प्रधान न्यायाधीश अध्यक्षताको इजलासमा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ,अनिल सिन्हा,सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology