Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदै

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७७ बुधवार • १३:३९:१८ बजे
  • 1.6K
    SHARES
  • अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदै

    अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लागेका हुन् ।

    images

    ट्रम्पले आफ्नो हार स्विकार नगरेपनि सत्ता हस्तान्तरण गर्न बाध्य भएपछि संवैधानिक व्यवस्था अनुसार आज शपथ हुन लागेको हो । शपथ लगत्तै बाइडेनले आजैबाट कार्यभार समाल्नेछन् । ह्वाइट हाउसमा पहिलो दिन नैं बाइडेनले ट्रम्प प्रशाशनले गरेका केही महत्वपूर्ण र दुरगामी असर पार्ने विवादास्पद निर्णय खारेज गर्ने संभावना रहेको बताईएको छ ।


    शपथ समारोहकै लागि राजधानी वासिङ्टन डिसीलगायत देशका सबै ५० राज्यमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
    साथै आज उपराष्ट्रपति कमला ह्यारीसले पनि शपथ लिनेछिन् । शपथ अगाडी उनीहरुले अमेरीकामा कोरोनाबाट मृत्यु भएका चार लाख नागरिकको लागि मौन धारणा गरेका छन् ।


    यसैबीच यस शपथ ग्रहणमा विदाई हुन लागेका राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित नहुने भएका छन् । उनले निर्वाचन परिणाम स्वीकार नगर्दा संसद भवनमा उनका समर्थकहरुले हतियार सहित प्रवेश गरेर हिंशा मच्चाएको अभियोग उनीमाथि लागेको छ ।
    सो हिंशामा एक जना पहरी अधिकारी सहित ५ जनाको मृत्यु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology