Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेहुला बेहुलीका लागि हिराको मास्क

बेहुला बेहुलीका लागि हिराको मास्क

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७७ शनिवार • १९:२८:२५ बजे
  • 1.7K
    SHARES
  • बेहुला बेहुलीका लागि हिराको मास्क

    एजेन्सी । भारतको गुजरात राज्यमा बेहुला र बेहुलीका लागि हिरा जडित मास्क धमाधम बिक्री भइरहेको छ । भारतको गुजरातको सुरत भन्ने स्थानमा एक गहना पसलले कोरोना भाइरसको महामारीका बीच भइरहेका बिबाहका लागि बेग्लै तयारी गरेको छ ।

    images

    यो पसलले खास गरी त्यस्ता मास्क तयार गरेको छ जसको मूल्य सुनेर तपाई हैरान हुनुहुन्छ । बहुमूल्य धातु जडित त्यस्ता मास्कको मूल्य २ लाखदेखि ६ लाख रुपैयाँ सम्म रहेको छ । यसरी हिराले बनेका मास्कहरु असली पनि हुने र अमेरिकी हिरा जस्ता नक्कलीको पनि प्रयोग गर्न सकिने बताइएको छ । यो ग्राहकको रुचीको विषय भएको बताइएको छ ।

    गहना पसलका मालिक दीपक चोकसीले हिरा जडित मास्क बनाउने बिचार आफ्ना पसलमा आउने विवाह हुने घरका ग्राहकहरुका अनौठो प्रकारको मास्कमो माग भएको बताए । उनले भने, ‘त्यसपछि मैले आफ्ना डिजाइनरहरुलाई विशेष प्रकारको मास्क बनाउने काम दिएँ ।’

    उनीहरुले मास्क किनेपछि अरुहरु पनि सोही प्रकारको मास्कका लागि आएको दीपकले बताए । उनले त्यसप्रकारका मास्क बनाउन सुन, सक्कली हिरा र अमेरिकन हिराको प्रयोग गरेको बताए । मानिसहरु उनको पसलमा अन्य गहनाका लागि भन्दा हिरा जडित मास्क लिएर जाने गरेको बताउँछन् ।

    भारतकै पूणेमा बसोबास गर्ने शंकर कुराडे नाम गरेका व्यक्तिले सुनको मास्क बनाएर लगाएका थिए । यो पुरै सुनको थियो । यसको मूल्य झण्डै ५ लाख रहेको हो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology