Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जो बाइडन आज अमेरिकाको ४६ औं राष्ट्रपति बने

जो बाइडन आज अमेरिकाको ४६ औं राष्ट्रपति बने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७७ बुधवार • २३:०६:२० बजे
  • 2.2K
    SHARES
  • जो बाइडन आज अमेरिकाको ४६ औं राष्ट्रपति बने

    एजेन्सी, अमेरिकाको लागि आजको दिन धेरै नै महत्वको रहेको छ । जो बाइडन आज अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् । उनले आज राति अमेरिकाकाे ४६ औं राष्ट्रपतिका रूपमा सपथ लिएका हुन् । उनकाे सपथसँगै अमेरिकामा आजबाट बाइडेनको युगको शुरुवात हुने भएको छ ।

    images

    जो बाइडेनका साथै उपराष्ट्रपति कमला ह्यारिसले पनि आजै सपथ ग्रहण गरेकी छन् । सपथ ग्रहण कार्यक्रम क्यापिटल हिलमा भइरहेको छ । अमेरिकीका पूर्व राष्ट्रपतिहरु जर्ज बुस, बिल क्लिन्टन, र बाराक ओबामा उक्त समारोहमा सहभागी भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

    कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको सपथग्रहण समारोहमा वासिङ्टनडिसीमा मात्रै २५ हजार राष्ट्रिय सुरक्षा गार्डले सुरक्षा प्रदान गरिरहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology