Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आज नेपाली कांग्रेसले देशभरका वडाहरुमा प्रदर्शन गर्दै

आज नेपाली कांग्रेसले देशभरका वडाहरुमा प्रदर्शन गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७७ बिहिवार • ०९:३९:१२ बजे
  • 961
    SHARES
  • आज  नेपाली कांग्रेसले देशभरका वडाहरुमा प्रदर्शन गर्दै

    संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्न लागेको छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन गर्न लागेको नेपाली कांग्रेसले जनाएको छ ।

    images

    संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली कांग्रेसले पुस १३ गते १६५ वटा निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

    अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।

    नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भन्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology