Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

दीपाश्रीलाई नायिका केकीको सान्त्वनाः पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो

दीपाश्रीलाई नायिका केकीको सान्त्वनाः पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७७ शनिवार • १९:५७:३६ बजे
  • 1.4K
    SHARES
  • दीपाश्रीलाई नायिका केकीको सान्त्वनाः पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो

    हालै कलाकार दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई ‘उहाँ महानायक हो र!’ भनेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भयो। यस विषयमा नायिका निरौलाले हमालका फ्यानसँग माफी नै माग्नुपर्‍याे।

    images

    यही विषयमा अहिले नायिका केकी अधिकारीले आफ्नो असन्तुष्टि पोखेकी छन्। उनले आमालाई पात्र बनाएर व्यंगात्मक शैलीमा दीपाश्री महिला भएकै कारण हेपिनुपरको आशय प्रकट गरेकी छन्।

    ‘विगत केही हप्तायता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ। फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा, तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुकमै हुन्छ। नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो। अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो,’ फेसबुकमा नायिका अधिकारीले लेखेकी छन्, ‘ म एकछिन् घोत्लिए अनि सोचें, गल्ती त हाम्रै हो नि दीपा दी, पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो।’

    हेरौं, नायिका केकी अधिकारीको फेसबुक स्टाटस: 

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology