विप्लव नेतृत्वको नेकपाका मोरङ जिल्ला ईन्चार्ज धन बहादुर बिक्रलाई प्रहरीले पक्राउ गरेको छ । उनी संखुवा सभामादीका स्थायी बासिन्दा हुन् । उनलाई मोरङको बुढीगंगा गाउपालिकाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनको साथबाट पेस्तोल र गोली समेत बरामद भएको प्रहरीले दाबी गरेको छ ।
मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेको दाबी गर्दै प्रहरीले बिकलाई सोही मुद्धा चलाउने तयारी गरेको छ ।मंसिर २३ गते मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भए पछि पहिलो पटक विकलाई सो आरोपमा प्रहरीले पक्राउ गरेको हो । यद्यपि, सो पाटीका मेचीकोशी ब्युरो ईन्चार्ज प्रतापले शिक्षक श्रेष्ठ प्रतिकारका क्रममा मारिएको दाबी गरेका थिए ।