Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३३ किलो सुन तस्करीका आरोपी विमानस्थलबाटै पक्राउ

३३ किलो सुन तस्करीका आरोपी विमानस्थलबाटै पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०७७ शनिवार • २०:००:५२ बजे
  • 2.1K
    SHARES
  • ३३ किलो सुन तस्करीका आरोपी विमानस्थलबाटै पक्राउ

    प्रहरीले ३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा एक जना विमानस्थलबाट पक्राउ गरेको छ।युएईबाट शनिबार फर्किएका हरिशरण खड्कालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।विमानस्थल प्रहरी प्रमुख एसएसपी राम कृपाल शाहले खड्कालाई पक्राउ गरेर इन्टरपोलको जिम्मा लगाइएको बताए। उनीविरुद्ध इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको थियो।

    images

    एसएसपी शाहले भने, ‘विदेशमा फरार नेपालीका बारेमा हामीलाई जानकारी दिइएको हुन्छ, हामीले अध्यागमन विभागमा ती व्यक्ति आएमा जानकारी गराउनु् भनेका हुन्छौं । आज हरिशरण खड्का आएको जानकारी आयो, हामीले पक्राउ गरेर इन्टरपोलको जिम्मा लगायौं।’काभ्रे घर भएका ४२ वर्षीय खड्का केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०७३ पुसमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । खड्काले युएईबाट सुन पठाउने काम गर्दै आएको प्रहरीको आरोप छ। 

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology