Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजालाई जस्तै सम्मानजनक शब्द प्रयोग नगरेकोमा मिडियाप्रति ओलीको आपत्ती,राजतन्त्र हुँदा बक्सियोस् लेख्नेहरुले अहिले तिमी लेख्ने !

राजालाई जस्तै सम्मानजनक शब्द प्रयोग नगरेकोमा मिडियाप्रति ओलीको आपत्ती,राजतन्त्र हुँदा बक्सियोस् लेख्नेहरुले अहिले तिमी लेख्ने !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७७ बिहिवार • १७:२०:३२ बजे
  • 2.1K
    SHARES
  • राजालाई जस्तै सम्मानजनक शब्द प्रयोग नगरेकोमा मिडियाप्रति ओलीको आपत्ती,राजतन्त्र हुँदा बक्सियोस् लेख्नेहरुले अहिले तिमी लेख्ने !


    प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकारहरुलाई पाठ पढाएका छन्। प्रेस संगठनको आफू पक्षीय कार्यकर्ताहरुको भेलामा बोल्दै उनले समाचार लेख्दा उल्लेख हुने 'तिमी' सम्बोधनप्रति आक्रोश ब्यक्त गरे। 

    images

    'सबैलाई तिमी भन्नुहुन्छ। लेख्नुहुन्छ। अंग्रेजले यु सिकाएको छ। तिमी लेख्नुहुन्छ। बीबीसीले यु भन्दियो, युको अनुवाद गरेर तिमी चलाइदियो,' उनले अगाडि भने, 'हामीले हाम्रो भाषा हाम्रो संस्कृति त्यो छाडिदिएर 'यु' वालामा गयौँ, गर्वका साथ।'  

    त्यतिमै उनी रोकिएनन्। 'हामी न्युक्लियस फेम्ली जस्तो चराको गुँड होइन। एउटा बा एउटा आमा एउटा अण्डा। अण्डाबाट चल्ला निस्किन्छ। यसो प्वाँख पलाउँछ, भुर्र उड्ड। बाआमा एक्लै। बा आमालाई पनि तिनले चिन्दैनन्। हामी त्यस्तो होइन। पुरानो इतिहास र सभ्यता भएका हौं। अहिले हेर्नुस् - हाइ ड्याडी हाइ मम। ओ हेलो हाउ आर यु मम,' उनले भने, 'सिष्टताले केही बिगार्दैन्। हाम्रो तरिका त्यो छ। अहिले हामी आदारका साथ अभिभावकसँग व्यवहार गर्दैनौँ। पहिली तिमी भन्न सिकायो। तिमी भने पछि अरु सिकायो।' 

    उनले राजतन्त्र हुँदा बक्सियोस् लेख्नेहरुले अहिले तिमी लेखेको भनेर ब्यङ्ग्य गरे।

    'राजतन्त्र हुँदा दरबार हुँदा राजा हुँदा राजाका श्रीमती हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौँ? आज हेर्नु, हुकुम बक्सियो भन्थौँ। हेर्नु भन्दैनथ्यौं, नजर भयो भन्थ्यौं। सवारी भयो भन्थ्यौं,' प्रधानमन्त्री ओलीले अगाडि भने, 'अहिले, हिँड्नु भयो, खानु भयो भन्न गाह्रो छ। किनकि हामी उनी हिँडे भन्छौं। हाम्रा बाले हेरे। हाम्री आमा त्यहीँ थिइन्, तिनले पनि हेरिन्। तपाईँहरु त्यही लेख्नुहुन्छ होइन्?'

    उनले सरकारको कदमको विरोध गर्ने मिडियाहरुलाई पीत पत्रकारिताको संज्ञासमेत दिए। केही त्यस्ता मिडिया छन्। पीत पत्रकारिता। महात्त्मा गान्धीका तीन बाँदर जस्ता छन्। राम्रो कुरा सुन्न पर्‍यो भने कान थुन्ने, राम्रो कुरा हेर्नुपर्‍यो भने आँखा थुन्ने, राम्रो कुरा बोल्नुपर्‍यो भने बरु बोल्दिन भन्दै मुख थुन्ने,'  ओलीले अगाडि भने।  

    उनले त्यस्‍ता मिडियाहरु नर्कमा जानेसमेत बताए। राष्ट्रको हितको पक्षमा छँदै छैन। स्वार्थबाट अन्धो हुन्छ। जब मान्छे आत्मा बेच्छ। त्यसपछि त्यो नर्कमा गइसकेपछि फर्किनै सक्दैन। के गर्ने त्यसलाई निकाल्नै सक्दैन्,' उनले भने, 'जति तपस्या गर्नुस्। जति धाम जानुस्। जति योग गर्नुस्। पाप पखालिँदैन।'
    पहिलोपोस्टबाट

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology