Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

शक्ति प्रदर्शन

नेकपा माधव-प्रचण्ड समूहको आज काठमाडौंमा शक्ति प्रदर्शन , ९ ठाउँबाट जुलुस

नेकपा माधव-प्रचण्ड समूहको आज काठमाडौंमा शक्ति प्रदर्शन , ९ ठाउँबाट जुलुस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ९, २०७७ शुक्रवार • १०:२४:४२ बजे
  • 1.7K
    SHARES
  • नेकपा माधव-प्रचण्ड समूहको आज काठमाडौंमा शक्ति प्रदर्शन , ९ ठाउँबाट जुलुस

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। रत्नपार्कमा हुने सभामा काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिपुरेश्वर, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज गरी ९ ठाउँबाट जुलुस निकालेर शक्ति प्रदर्शन गर्न लागिएको हो।

    images

    केन्द्रीय सङ्घर्ष समितिले सभा र जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ। यस अगाडिको विरोध प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्दै अश्लिल नारा लागेपछि सामाजिक संजालमा चर्को आलोचना भएको थियो।

    विरोधसभामा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सहभागिता हुने नेकपाले जनाएको छ। विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ।

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिए। जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उनले जनअधिकारको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्था तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आग्रह गरेका छन्। 

    सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ।

  • सम्बन्धित विषय:

  • # शक्ति प्रदर्शन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology