एजेन्सी । भारतको पुने स्थित सिरम ईन्स्टीच्युटमा भएको आगलागीमा परी ५ कर्मचारीको मृत्यु भएको छ । ती पाँचै जना सो कम्पनीका कर्मचारी रहेको अधिकारीहरुले जनाएका छन् । सो ईन्स्टीच्युटले कोरोना बिरुद्धको खोप कोभिसिल्ड उत्पादन गरीरहेको थियो ।
आगो नयाँ प्लान्टमा लागेको बताईएको छ । भारतको महाराष्ट्र सरकारले घटनाको जाँच गर्न आदेश दिएको छ ।
१५ वटा दमकलको सहायतामा आगो नियन्त्रणमा लिईएको छ । आगलागीको कारण पत्ता लगाउन अध्ययन भईरहेको जनाईएको छ ।