Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइने

बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७७ शुक्रवार • ११:०७:४२ बजे
  • 1.7K
    SHARES
  • बागमती प्रदेश मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइने

    बागमती प्रदेश सभा बैठक आज बस्ने भएको छ। बुधबार बैठक बसेपछि अनिश्चितकालका लागि स्थगित बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका हुन् ।

    images

    बिहिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दाहाल–नेपाल समूहका सांसदहरुले दवाब दिएपछि सभामुख श्रेष्ठले शुक्रवार १ बजेका लागि बैठक बोलाएका हुन्।

    आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका प्रदेश सांसदहरुले गत पुस १० गते ४५ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology