Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धनुषा जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्षको निधन

धनुषा जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्षको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ ९, २०७७ शुक्रवार • १२:२५:३८ बजे
  • 1.4K
    SHARES
  • धनुषा  जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्षको निधन

    जनकपुरधाम । धनुषामा जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तहका जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो ।

    images

    ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर निधन भएको गाउँपालिकाका उपाध्यक्ष भारती कार्कीले जानकारी दिइन् ।


    निधन भएका वडा अध्यक्ष पाठकलाई यसअघि आरडिटी पोजेटिभ देखिएपछि गत चैतको अन्तिम साता गाउँकै क्वारेन्टिनमा राखिएको थियो ।

    २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा पाठक नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology