नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निकालिसकेको बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर देश र जनताप्रति गम्भीर धोका दिएको भन्दै वरिष्ठ नेता खनालले सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना भएरै छाड्ने बताए । देश र जनताको हितका लागि संसद पुनस्र्थापनाको विकल्प नभएको भन्दै वरिष्ठ नेता खनालले संविधानका रक्षाका लागि पनि संसद पुनस्र्थापना भएरै छाड्ने बताए । सर्वोच्च अदालत र निर्वाचन आयोग जनआन्दोलनको भावना बनेको संरचना भएकाले पनि जनमतको कदर हुने उनको भनाइ थियो । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर देश र जनतालाई बेइमान गरेको भन्दै उनले जनमतलाई धोका दिएको बताए ।