नेत्रविक्रम चन्द विप्लव नेकपाको बन्दका क्रममा सिरहामा शंकास्पद वस्तु भेटिएको छ।
सिराहको मिर्चैया नगरपालिका वडा नं। ५ स्थित जिबाखोलाको पुलमा शंकास्पद वस्तु फेला परेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
शंकास्पद अवस्थामा प्रेसर कुकर भेटिएपछि प्रहरीले सुरक्षा घेरा लगाएर नेपाली सेनालाई बोलाएको थियो।
डिस्पोजलका चोहर्वास्थित श्री शेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थलमा पुगेर शंकास्पद वस्तु डिस्पोजल गरेको प्रहरी प्रवक्ता शर्माले बताए।
शंकास्पद वस्तु फेला परेपछि केही समय पूर्व-पश्चिम राजमार्गमा सवारी अवरुद्ध भएको थियो।
अहिले सवारी आवतजावत सुरू भइसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता शर्माले बताए।
आज नेकपाको बन्द रहेकोले त्यसैले शंकास्पद वस्तु राखेको हुन सक्ने आशंका प्रहरीको छ।