भारत । भारतीय सिने हस्ती अभिताभ बच्चनलाई काेराेना भाइरसकाे संक्रमण पाेजेटिभ देखिएकाे छ । बच्चनलाई शनिवार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । उनले आफैंले ट्वीट गर्दै काेराेना पाेजेटिभ भएकाे जनाएका हुन् ।
उनका परिवारका सदस्यहरू तथा कामदारहरूकाे पनि टेस्ट भइरहेकाे तर रिपार्ट आइनसकेकाे उनले ट्वीट गर्दै जनाएका छन् । उनले आफूसँग १० दिन यता सम्पर्कमा रहेकाहरूलाई पनि काेराेना टेस्ट गर्न अाग्रह गरेका छन्
७७ वर्षीय बच्चन धेरै पटक नियमित चेकजाँचका लागि अस्पतालमा लाने गरिएको बताइएको छ ।
अभिताभ बच्चन चाँडै नै रणबीर र आलिया भट्टको आउने फिल्म ‘ब्रम्हास्त्र’ मा देखिने भएका थिए । भर्खरै मात्र उनको गुलाबो सिताबो फिल्म अनलाइन रिलिज भएको थियो ।