Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च ओमानले सचीव सहित ५ सदस्यलाई कार्वाही गर्‍यो(विज्ञप्ति सहित)

प्रवासी नेपाली एकता मञ्च ओमानले सचीव सहित ५ सदस्यलाई कार्वाही गर्‍यो(विज्ञप्ति सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७७ शनिवार • १६:२५:३६ बजे
  • 3.4K
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च ओमानले सचीव सहित ५ सदस्यलाई कार्वाही गर्‍यो(विज्ञप्ति सहित)

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवासी नेपाली एकता मञ्च ओमनको मिति २२/०१/२०२१ को छलफल बहस तथा अनलाइन  बैठकको निर्णय अनुसार,नेपाली राजनीति,कम्युनिस्ट ईतिहाँसको विभिन्न कालखण्ड,दश वर्षको  जनयुद्ध,मधेस आन्दोलन,जनआन्दोलन लगायत लाखौं नेपाली जनता तथा सहिदहरुको त्याग तपस्या,बलिदान र संकल्प बाट प्राप्त उपलब्धिहरु र प्रचलित संबिधानलाई जुन क्रुद्ध  रुपले हत्या गरि तानाशाह,हिटलर प्रवृत्ति केपि ओलिबाट भएको छ, त्यसको पक्षमा सचीव सहित ५ जना सदस्यहरुले बिधान बिपरित काम गरेको हुँदा कार्वाही गरेको अध्यक्ष द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जनाएको छ ।

    images

    विज्ञप्ति

    bighayapti.jpg

    विषय :-कार्बाही गरि सिफारिस गरिएको वारे । 

    आदरणीय कमरेडहरु उपरोक्त संबन्धमा,हाम्रो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवासी नेपाली एकता मञ्च ओमनको मिति २२/०१/२०२१ को छलफल बहस तथा अनलाइन  बैठकको निर्णय अनुसार,नेपाली राजनीति/कम्युनिस्ट ईतिहाँसको विभिन्न कालखण्ड,दश वर्षको  जनयुद्ध,मधेस आन्दोलन,जनआन्दोलन लगायत लाखौं नेपाली जनता तथा सहिदहरुको त्याग तपस्या,बलिदान र संकल्प बाट प्राप्त उपलब्धिहरु र प्रचलित संबिधानलाई जुन क्रुद्ध  रुपले हत्या गरि तानाशाह/हिटलर प्रवृत्ति केपि ओलिबाट भएको छ, यस्को समग्र मञ्च परिवार खेद तथा निन्दनीय कार्य भएको ठहर गर्दै,समग्र ओमान वासी दाजुभाइ दिदि लगायत देश बिदेशमा रहेका सबैमा प्रतिगमनको विरुद्धमा अझै सशक्त हुन,हार्दिक अनुरोध गर्दै,संगठन/पार्टी,बिधि-बिधान,नितिनियम अथवा पद्धति विपरीत विभिन्न अराजक गतिविधि गरेका ओमन केन्द्रिय कमिटी सदस्यहरुलाई,मेरो नेतृत्वको ३५ जना केन्द्रिय कमिटीको बहुमतको निर्णय बाट,संगठन तथा पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने/नराखिने गरि तपसिल्का निमन सदस्यलाई कारण सहित  कारवाही गरिए जानकारी गर्दछौं । 

    १) महेश न्यौपाने (सचिव)
    २)बिष्णु चौलागाईं  (सदस्य)
    ३) भुपेन्द्र बि क (सदस्य)
    ४) मान बहादुर रसाइली(सदस्य)
    ५) सोम श्रेष्ठ (सदस्य) 

    कार्बाहिका कारण 

    (१) महेश न्यौपाने :- 26/11/2020 को प्रवास समन्वय कमिटीको प्रवास अध्यक्ष सचीव,अनलाइन भर्चुअल बहिष्कार गरि रुसेल गार्डन्मा केपि गुट्को भेला 01/01/2021 को प्रधानमन्त्रीको प्रवास संगठनको अनलाइन  भर्चुअलमा केपि पक्षलाई मात्र जुम आईडी उपलब्ध गराई गुटबन्दी गरेको ।
    25/12/2020 मा अध्यक्षको परामर्श बिना केपि गुटको बैठक रुसेलमा र 22/01/2021 का दिन,अध्यक्षले भेठ घाट गरौं भनिरहदा,मैले भनेको भेठघाटको स्थान्मा जासुसी साइबर ब्यक्ति खटाई, हुबहु केपीको कपिराईट गरि  छुट्टै स्थान बाट हामो प्रचण्ड माधब पक्षका बहुमत सदस्य सहित,नामै नसुनेकाहरुलाई समावेश गरि अबैध,संगठनको पद्धति,नितिनियम विपरीत क्रियाकलाप गरि,पार्टीले दियको जिम्मेवारी/हैसियतको दुरुपयोग गरेर अमर्यादित क्रियाकलाप गरिएको कारण । 

    (२) बिष्णु चौलागाईं,भुपेन्द्र बिक,र मान बहादुर रसाइली:- हरुले हाम्रो प्रचण्ड माधबका साथीहरूमाथी गुरुपमै गाली गलोज,जंगली जस्ता दानबिय तुच्छ शव्द प्रयोगरिनु,केपी ओलि जिन्दावादका नारा लगाई मञ्चका आधिकारिक गुरुपको नियम विरुद्ध धावा बोल्दै,नैतिक हिन र संगठनको हैसियत बेगर,अध्यक्षको अनुरोधलाई समेत वेवास्था गरिएको कारण । 

    (३) सोम श्रेष्ठ:- माथिका सबै क्रियाकलाप हरुमा सहजीकरण गरेको,साथीहरू लाई उक्साउनुको साथै अबैध बिधान विपरीत आफुले आफैलाई केपि पक्षको प्रवास अध्यक्ष घोषणा गरेको कारण । 

    स्मरण गराउदछौ,हाम्रो ३५ सदस्यीय कमिटीको बहुमतको सदस्यको निर्णय भएको र कार्बाही गरिएकाहरु लगायत,केही हाम्रो सदस्यहरु स्वदेश फर्किसक्नु भएकोले रिक्त हुन आएका स्थानहरु पार्टीको निर्देशन अथवा सरकुलर पश्चात् मञ्चको बैठक बाट परिपुर्ति गरिनेछ । 

    क्रान्तिकारी अभिबादन सहित 
           उमेश बि क 
    अध्यक्ष:-प्रवासी नेपाली एकता मञ्च ओमन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # ओमान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology