Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथीको सुनुवाईले आजबाट निरन्तरता पाउने

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथीको सुनुवाईले आजबाट निरन्तरता पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • ०९:३९:१८ बजे
  • 952
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथीको सुनुवाईले आजबाट निरन्तरता पाउने

    प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथीको सुनुवाईले आजबाट निरन्तरता पाउने भएको छ ।

    images

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाई हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दैमा आजका लागि तय भएको थियो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले अघिल्लो आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रीत बहस शुरु भएको थियो ।

    शुक्रबारको सुनुवाइमा दशजना कानून व्यवसायीले बहस गरे थिए ।

    रिट निवेदक ज्ञानेन्द्रराज आरणतर्फबाट अधिवक्ता वरिष्ठ अधिवक्ता नरहरि आचार्य, शैलेन्द्र दाहाल र अधिवक्ता कोकिलप्रसाद अधिकारी, जनकसिंह साउद, सुचोचना धिताल, राजुप्रसाद चापागाईले बहस गरेका थिए ।

    त्यस्तै रिट निवेदक अधिवक्ता शालिकराम सापकोटाकातर्फबाट उमेशप्रसाद साह, गुणराज घिमिरे र ताराप्रसाद तिमिल्सिनाले बहस गरेका थिए ।

    शुक्रबारसम्म रिट निवेदकका तर्फबाट ३५ जना कानून व्यवसायीले बहस गरिसकेका छन । त्यस क्रममा इजलासले समयमा निकै कडाइ गरेको थियो । वरिष्ठ अधिवक्तालाई आधा घण्टा र अधिवक्तालाई १५ वा १० मिनेटको समय निर्धारण गरिएको थियो ।

    गत पुस ११ गतेदेखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाई शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाई गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology