Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१९ बर्षीया बालिका उत्तराखण्ड राज्यको एक दिनका लागि मुख्यमन्त्री बन्दै

१९ बर्षीया बालिका उत्तराखण्ड राज्यको एक दिनका लागि मुख्यमन्त्री बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • ०९:४१:१३ बजे
  • 2.2K
    SHARES
  • १९ बर्षीया बालिका उत्तराखण्ड राज्यको  एक दिनका लागि मुख्यमन्त्री  बन्दै

    एजेन्सी । भारतको हरिद्वार जिल्लाको दौलतपुर गाउँकी एक बालिका अहिले चर्चाको शिखरमा छिन । १९ बर्षीया सृष्टि गोस्वामी उत्तराखण्डको एक दिनका लागि मुख्यमन्त्री बन्न लागेकाले उनको चर्चा चुलिएको हो ।

    images

    आज २४ जनवरी, राष्ट्रिय बालिका दिवसको अवसर पारेर गोस्वामीलाई उत्तराखण्ड राज्यको एक दिनको मुख्यमन्त्री बनाईंदैछ ।

    मुख्यमन्त्री नियुक्तिको यो सन्दर्भ प्रतिकात्मक भनिए पनि उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुने बिबिसीले जनाएको छ ।

    गोस्वामीले आज बाल विधानसभा सत्रमा मुख्यमन्त्रीको हैसियतमा सरकारका विभिन्न विभागका काम कारवाहीको निरीक्षण गर्नेछिन । त्यस क्रममा विभागीय प्रमुखहरुले आ–आफ्ना कामको प्रगति बारे जानकारी दिनेछन भने गोस्वामीले आफ्नो सुझाव दिनेछिन ।

    सामाजिक सञ्जालमा सृष्टिले भनेकी छिन, “एक दिनका लागि मुख्यमन्त्री बन्ने अवसर पाएकोमा म धेरै खुसी छु । उत्तराखण्ड सरकारका विभिन्न विभागका प्रस्तुतीपछि मैले पनि केही सुझावहरु दिनेछु । मेरा सुझावहरु बालिकाहरुको सुरक्षासंग सम्बन्धित हुनेछन ।”

    उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह पनि यो कार्यक्रममा उपस्थित हुनेछन । उत्तराखण्ड विधानसभा भवनको एक सभाकक्षमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म यो कार्यक्रमको आयोजना गरिंदैछ ।

    उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीका अनुसार उत्तराखण्ड सरकारका तर्फबाट सृष्टि गोस्वामीलाई एक दिनको मुख्यमन्त्री बनाउनुको उद्देश्य बालिकाहरुलाई सशक्तिकरण गर्नका लागि जनचेतना फैलाउनु रहेको छ ।

    भारतको रुड्की गाउँकी सृष्टि बीएसएम पीजी कलेजमा बीएससी एग्रीकल्चर विषयमा अध्ययनरत छिन । उनका पिताले गाउँमा पसल चलाउँछन । उनकी आमा गाउँकै आँगनबाडी कार्यकर्ता हुन ।

    सृष्टिका आमा बुवा दुवैले आफ्ना छोरीलाई एक दिनको मुख्यमन्त्री बनाउन लागेकोमा उत्तराखण्ड सरकार प्रति आभार ब्यक्त गरेको बिबिसीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology