Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु संविधान -लोकतन्त्र -देश विरोधी हुन्ः प्रधानमन्त्री

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु संविधान -लोकतन्त्र -देश विरोधी हुन्ः प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • १७:५२:४७ बजे
  • 892
    SHARES
  • प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु संविधान -लोकतन्त्र -देश विरोधी हुन्ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको उनको दाबी छ । अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’

    images


    बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।‘मैले आफ्नो हातमा लिएको भए पो तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ ?’ उनले भने, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छु ।’उनले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई ठेगान लगाउन आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology