Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली नेकपाको साधारण सदस्यबाट पनि निष्काशित

ओली नेकपाको साधारण सदस्यबाट पनि निष्काशित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७७ आइतवार • १८:४९:१८ बजे
  • 1.6K
    SHARES
  • ओली नेकपाको साधारण सदस्यबाट पनि निष्काशित

    नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड'–माधव नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्काशित गरेको छ।यसअघि अध्यक्षबाट कारबाही गरेको सो समूहको आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको स्थायी कमिटी सदस्य पेशल खतिवडाले बताए।

    images

    माघ ५ गते प्रचण्ड-माधव पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो। तर, ओलीले कुनै जवाफ दिएका थिएनन्। पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको छ। कानुनी रुपमा विभाजन हुन बाँकी रहेको पार्टीका दुई समूहले एक अर्काप्रति कारबाहीको शृंखला चलाएका छन्। ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको थियो।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology