Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • ०९:५५:५२ बजे
  • 1.8K
    SHARES
  • किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

    कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण गरिएको हो ।

    images

    नगरका अधिकांश क्षेत्र डुबानका कारण बर्खे यामको धानबालीको उत्पादन लिन नपाउने भएकाले चैते धान खेतीबाट नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न धानको बीउ वितरण गरेको नगरपालिका कृषि शाखाका प्रमुख कमल चौधरीले बताए ।

    “यहाँ बर्सेनि बर्षातमा बाढी आउँछ, यहाँका किसानले बर्खे खेती गर्न सक्दैनन, त्यसैले चैते धानको बीउ वितरण गर्यौँ”, कृषि शाखा प्रमुख चौधरी भन्छन, “यहाँ चैते धान राम्रो उत्पादन हुन्छ । हामीले धान खेती भनेपछि चैते धानलाई बढी प्रोत्साहन गर्छौं ।” उनले डुबान क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर बीउ वितरण गरिएको जानकारी दिए ।

    भजनी नगरपालिका र कृषि ज्ञान केन्द्र कैलालीको आर्थिक सहयोगमा २ सय २२ हेक्टरमा पुग्ने गरी २८ कृषक समूह र व्यक्तिगतरूपमा गरी चैते धानको बीउ वितरण गरिएको छ ।

    “किसानको मागका आधारमा बीउ वितरण गरिएको हो”, चौधरी भन्छन, “चैते तीन र चैते पाँच जातको धानको बीउ नगरपालिकाले १५ क्विन्टल र कृषि ज्ञान केन्द्रको ८५ क्विन्टल किसानलाई उपलब्ध गरायौँ । यससँगै चैते धान खेतीमार्फत् उत्पादन बढाउन अन्य कार्यक्रमसमेत सञ्चालन गर्नेछौँ ।”

    नगरपालिकामा किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष चैते धान ब्लक प्रदर्शन, चैते धान मुख्यमन्त्री कृषि कार्यक्रमजस्ता कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् । नगरपालिकामा करिब ४०० हेक्टरमा चैते धानखेती हुने गरेको छ । नगरपालिका चैते धान खेतीका लागि राम्रो र उर्बर क्षेत्र हो ।

    यहाँका किसानले बर्सेनि चैते धान खेती गर्ने गरेका छन् । “बर्खे धान खेतीभन्दा राम्रो उत्पादन र बाढी ग्रसित क्षेत्रका लागि चैते धान खाद्य सुरक्षामा सहयोग पुग्ने भएकाले नगरपालिकाले चैते धान खेतीमा सहयोग गर्नुले यहाँका किसानलाई सजिलो भएको छ”, किसान सुन्दर चौधरी भन्छन, “कृषिमा सरकारले लगानी बढाएको छ । भजनीमा बर्सेनि आउने बाढीका कारण खेतीयोग्य जमीन र बालीमा क्षति पुग्ने गरेको छ । यहाँका नदी तथा कटान हुने क्षेत्रमा स्थायी तटबन्ध गरी खेतीयोग्य जमीन बचाउनतर्फ ध्यान दिनुपर्छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology