Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट,लकडाउनको संभावना

फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट,लकडाउनको संभावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • १०:४०:५७ बजे
  • 1.6K
    SHARES
  • फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट,लकडाउनको संभावना

    एजेन्सी /कोरोनाभाइरसको नयाँ भेरियन्ट फ्रान्समा पनि भेटिएको छ ।फ्रान्सेली सरकारका वरिष्ठ सल्लाहकारले कोरोनाभाइरसको नयाँ भेरियन्टले देशमा आफ्नो खुट्टा पसारिरहेको र यससँग जुध्नका लागि सरकारले तेस्रोपटक लकडाउन लगाउनुपर्ने बताएका छन् ।

    images


    बीबीसी संवाददाता डेनियल विट्टनबर्गका अनुसार फ्रान्सका चर्चित इम्यूनमोलोजिस्ट डाक्टर शौं फ्रान्स्वा डेल्फ्रेस्सीले यदि देशमा कडा लकडाउन नलगाइए मार्चको मध्यसम्म ‘स्थिती अत्यधिक मुश्किल’ हुनसक्ने चेतावनी दिएका छन् ।


    उनले भाइरसको नयाँ र संक्रामक भेरियन्टलाई फैलनबाट रोक्नका लागि राजनेताले छिटोभन्दा छिटो कुनै ठोस् कदम चाल्नुपर्ने बताएका छन् । कोरोनाभाइरसको बढ्दो मामिलालाई मध्यनजर गर्दै महिनाको सुरुवातमा फ्रान्समा बेलुका ६ बजेदेखि रातीसम्म कर्फ्यू लगाइएको थियो ।

    यसैबीच देशमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । केहि दिन अघिसम्म औसतमा दैनिक कोरोनाका १८ हजार मामिला दर्ता गरिएको थियो भने अब यो संख्या बढेर २० हजारसम्म पुगेको छ ।

    अस्पतालमा कोरोना संक्रमितको संख्या पनि लगातार बढिरहेको छ । कोरोनाभाइरसको बढ्दो मामिलालाई मद्देनजर गर्दै बुधबार फ्रान्सेली सरकारले एक महत्वपूर्ण बैठकको आयोजना गर्दैछ जसमा के कस्ता कदम उठाइने भन्नेबारे कुराकानी हुनेछ ।

    हाल अधिकारी तेस्रो पटक देशमा पूर्ण लकडाउन लगाउने विषयमा विरोध गरिरहेका छन् र रातीमात्रै करफ्यू लगाउने पक्षमा छन् । त्यसैले यहाँ स्कूल खोलिएका छन् ।

    यसअघि प्रधानमन्त्री शौं केस्टेक्सले आवश्यकता परे ढिला नगरीकन एकपटक पुनः लकडाउन लगाउन आफू पछि नहट्ने बताएका थिए ।

    जोन होपकिन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण ७३,१९० को मृत्यु भइसकेको छ र यहाँ संक्रमितको संख्या २१ लाख २८ हजारभन्दा बढी छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # फ्रान्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology