नेकपाको प्रचण्डमाधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली जस्तो झुटो र बेइमान व्यक्ति अरु कोही नभएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले ओली कम्युनिष्ट नभएको र उनमा नैतिकता तथा इमान रत्तिभर नभएको आरोपसमेत लगाए ।
नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई झुटो बोल्न नहुने भन्दै ओलीपथमा लागेर झुट नबोल्नका लागि निर्देशन पनि दिए । विश्वमै ओली जस्तो झुटो र बेइमान व्यक्ति नभएको भन्दै नेपालले कम्युनिष्टमा इमान्दारिता र नैतिकता हुनुपर्ने बताए ।