Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सैफ अलि खानमाथि कानुनी निगरानी

सैफ अलि खानमाथि कानुनी निगरानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७७ सोमवार • १३:२७:०२ बजे
  • 2.3K
    SHARES
  • सैफ अलि खानमाथि कानुनी निगरानी

    एजेन्सी । बलिउड अभिनेता सैफ अलि खान र चलचित्र आदिपुरुषका निर्देशक ओम रावत कानुनी निगरानीमा परेका छन ।सैफ आदिपुरुषमा रावणलाई मानवीय रुपमा चित्रण गरिने भनाइका कारण कानुनी निगरानीमा परेका हुन । भारतीय सञ्चारमाध्यमका अनुसार सैफ अली र ओम रावत विरुद्धको मुद्दा उत्तर प्रदेशस्थित जौनपुर जिल्लाको अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट, एसिजेएममा दर्ता गरिएको छ । अदालतले अर्काे सुनुवाइका लागि डिसेम्बर २३ मिति तोकेको छ ।

    images

     

    नागरिक अदालतका अधिवक्ता हिमांशु श्रीवास्तवले धारा १५६ (३) अन्तर्गत अधिवक्ता उपेन्द्र विक्रम सिंह मार्फत मुद्दा दर्ता गराएका हुन । भगवान रामबारे बन्ने आदिपुरुषमा सैफ रावणसँग मिल्दोजुल्दो भूमिकामा देखिनेछन ।

     

    सैफले एक अन्तर्वार्तामा भनेका थिए, लक्ष्मणले रावणको बहिनी सुपर्णखाको नाक काटिदिएका थिए । त्यसैले उनले सीतालाई अपहरण गर्नुको औचित्य छ । डिसेम्बर ६ मा दिएको सो अन्तर्वातामा उनले यो पनि भनेका थिए, ुफिल्ममा रावणको परोपकारी र मानवीय पक्ष देखाइने छ । वादी पक्षले सैफले यो भनाइले सनातन धर्मको आस्था र विश्वासमाथि नकारात्मक असर पारेको भनेको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology