Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन शुरु

नेकपा प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन शुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७७ मंगलवार • ०९:४०:५१ बजे
  • 2.3K
    SHARES
  • नेकपा प्रचण्ड–माधव समूहको तेस्रो चरणको आन्दोलन शुरु

    नेकपाको प्रचण्ड–माधव समूहले आजदेखि तेस्रो चरणको आन्दोल सुरू गर्दैछ ।पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको प्रचण्ड–माधव समूहले आज दिउँसो सिठ्ठी जुलुस गर्दै तेस्रो चरणको आन्दोलनको शुरुवात गर्न लागेको हो ।

    images

    आज दिउँसो तीन बजेदेखि लैनचौरबाट सिठ्ठी जुलुस निकालेर जनताको आवाज सुन्न प्रधानमन्त्री ओलीलाई दवाब दिन लागिएको प्रचण्ड–माधव समूह निकट अनेरास्विवियुका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

    लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ । संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल(नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने छन्।

    बुधबारदेखि २१ गतेसम्म भने संविधानसभा सदस्य, संघीय तथा प्रदेश सदस्यहरूले माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    प्रचण्ड–माधव समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्‍याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ ।प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहले पुस १४ गतेदेखि सडक संघर्ष गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # आन्दोलन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology