Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेदरल्यान्ड्समा लकडाउनविरुद्धको प्रदर्शनमा हिंसात्मक झडप

नेदरल्यान्ड्समा लकडाउनविरुद्धको प्रदर्शनमा हिंसात्मक झडप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७७ मंगलवार • ११:४२:१५ बजे
  • 1.2K
    SHARES
  • नेदरल्यान्ड्समा लकडाउनविरुद्धको प्रदर्शनमा हिंसात्मक झडप

    बीबीसी / नेदरल्यान्ड्समा तेस्रो दिन लगातार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बढ्दो कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनको विरोध गर्दै मानिसहरु सडकमा उत्रिएका हुन् । जसमा हालसम्म देशभरबाट २५० जना पक्राउ परिसकेको स्थानीय मिडियाले जनाएको छ ।

    images


    नेदरल्यान्ड्समा १० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने १३ हजार ५०० जनाको यसबाट मृत्यु भएको छ । सरकारले अहिले महामारी सुरु भएदेखिकै सबैभन्दा कडा लकडाउन जारी गरेको हो जसमा राति ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यु जारी गरिएको छ ।


    दोस्रो विश्वयुद्धपछि पहिलोपटक नेदरल्यान्ड्समा यस किसिमको नियम लागु गरिएको हो । कसैले नियम उल्लंघन गरे ११५ डलरसम्मको जरिवाना तोकिएको छ ।

    नेदरल्यान्ड्समा गत अक्टोबरदेखि नै देशभरका रेस्टुरेन्ट र बारहरु बन्द छन् छ । स्कुललगायत अन्य व्यवसायहरु पनि गएको महिनादेखि बन्द गराइएको छ । नयाँ प्रकारको भाइरसको डरले बेलायत, दक्षिण अफ्रिका र दक्षिण अमेरिकाबाट उडान हुने विमानमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

    कोरोनासम्बन्धी नयाँ नियमको विरोधमा सोमबार भएको प्रदर्शनमा देशभरका विभिन्न सहरहरुमा हिंसात्मक दृश्य देखियो । धेरै क्षतिबारे रिपोर्ट गरिएपछि एम्सरडर्ममा पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु पक्राउ परेको बताइएको छ ।

    यसअघि, रोटरडमका मेयरले आपत्कालीन निर्देशन जारी गरेका थिए । जसले प्रहरीहरुलाई पक्राउ गर्नेसम्बन्धी अझ बढी शक्ति दिलाएको छ । आइतबारको हिंसात्मक झडपलाई डच प्रहरीहरुले चार दशककै सबैभन्दा खराब किसिमको हिंसा र अशान्ति भनेर व्याख्या गरेका थिए ।

    शनिबारको आन्दोलनमा कोभिड परीक्षणका केन्द्रहरुमा पनि आगजनी गरिएको थियो । उता, प्रहरीले एकजना ३९ वर्षीय व्यक्तिलाई पत्रकारहरुविरुद्ध धम्कीपूर्ण सन्देश पोस्ट गरेको आरोपमा पक्राउ गरेको छ ।

    विभिन्न सहरमा मेयरहरुले आपत्कालीन उपाय अपनाइ थप क्षतिबाट जोगाउने वचन दिइरहेका छन् । प्रधानमन्त्री मार्क रुटले आन्दोलनको कडा शब्दमा निन्दा गर्दै यसलाई ‘अपराधिक हिंसा’ ठहर गरेका छन् ।

    सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो कदापि स्वीकार गर्न नसक्ने बताए । उनले भने, “यी मानिसहरुको विरोध प्रदर्शनसँग कुनै लेनदेन छैन । यो पूर्ण रुपमा अपराधिक हिंसा हो र हामी त्यसैअनुरुप यसमाथि कारबाही अघि बढाउनेछौँ ।

  • सम्बन्धित विषय:

  • # नेदरल्यान्ड्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology