Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पूर्व राष्ट्रपति डोनाल्डमाथिको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा पेश

पूर्व राष्ट्रपति डोनाल्डमाथिको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा पेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७७ मंगलवार • ११:४५:१४ बजे
  • 1.1K
    SHARES
  • पूर्व राष्ट्रपति डोनाल्डमाथिको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा पेश

    एजेन्सी / अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि लागेको महाअभियोग तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले माथिल्लो सदन सिनेटलाई बुझाएको छ ।तल्लो सदनले जनवरी १३ मा ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेको थियो । सभामुख न्यान्सी पेलोसीले नियुक्त गरेको तल्लो सदनका महाअभियोग व्यवस्थापकहरुले सोमबार माथिल्लो सदनलाई ट्रम्ममाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् ।

    images


    योसँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाई प्रक्रियाका लागि मार्ग प्रसस्त भएको छ । जनवरी ६ मा राष्ट्रपतिमा जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त शत्र जारी रहेका बेला नतिजा उल्ट्याउने मनसायसहित ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।


    एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको सो आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको बिद्रोह रहेको र त्यसका लागि उक्साएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।

    जनवरीमा २० मा उनी आफ्नो पहिलो कार्यकाल पूरा गरेर सत्ताबाट बिदा भएका छन् । सोही दिन शपथ लिएका बाइडेनले अहिले तीव्र रुपमा कार्यकारी आदेशहरु जारी गरेर आफ्नो प्रशासनको रणनीतिक मार्ग तय गर्ने प्रयास गरिरहेका छन् ।

    अमेरिकी इतिहासमा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका ट्रम्प सत्ताबाट बाहिरिए पनि सिनेटमा सुनुवाई हुनेछ । ट्रम्पले सुनुवाईका लागि आफ्ना वकिलहरुको टिम बनाउने प्रक्रिया थालेका छन् ।

    सिनेटमा आउँदो फेब्रुअरी ९ देखि महाभियोगमाथि सुनुवाई सुरु हुने सम्भावना छ । यसैबिच राष्ट्रपति बाइडेनले महाअभियोग प्रस्तावमाथि सुनुवाई चाँडो हुनु पर्ने पक्षमा आफू रहेको बताएका छन् ।

    सिएनएनकी चिफ ह्वाइट हाउस करेसपोन्डेन्ट केट्लन कोलिन्ससँगको संक्षिप्त वार्तामा बाइडेनले सिनेटमा सुनुवाई हुनु पर्ने बताएका हुन् । त्यसको प्रभाव आफ्ना मन्त्रीहरुको सुनुवाई तथा रणनीतिहरुमा पर्ने भए पनि महाअभियोग प्रस्ताव अति महत्वपूर्ण रहेको बाइडेनले बताएका हुन् ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # डोनाल्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology