सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको संसद विघटनसम्बन्धी मुद्दामा आधारित रहेर प्रधानमन्त्रीसहित ४ पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ । आइतबारदेखि पेस भएका निवेदनहरु आज दर्ता भएका हुन् ।
सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, शुशीला कार्की र कल्याण श्रेष्ठ तथा पूर्वसभामुख दमननाथ ढुङ्गानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो ।
प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि गरेको टिप्पणीको आधारमा कन्चनकृष्ण न्यौपानेले निवेदन दिएका थिए । पूर्वप्रधानन्यायाधीशहरु र पूर्वसभामुखविरुद्ध कुमार शर्माले निवेदन दिएका थिए ।