Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ताप्लेजुङ कम्युनिष्टको किल्ला भएकाले चुनाव जिते :योगेश भट्टराई

ताप्लेजुङ कम्युनिष्टको किल्ला भएकाले चुनाव जिते :योगेश भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७७ मंगलवार • १६:३०:४६ बजे
  • 1.5K
    SHARES
  • ताप्लेजुङ कम्युनिष्टको किल्ला भएकाले चुनाव जिते :योगेश भट्टराई

    पूर्वपर्यटनमन्त्री तथा नेकपा प्रचण्ड-माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणमात्रै आफूले निर्वाचन नजितेको बताएका छन् । ताप्लेजुङ कम्युनिष्टको किल्ला भएकाले आफूले चुनाव जितेको बताएका छन् ।

    images

    ओली २०७४ को निर्वाचनमा मात्रै ताप्लेजुङमा भाषण गरेको भन्दै त्यसअघि २०४२४३ देखिनै त्यो क्षेत्र कम्युनिष्टकै किल्ला भएकाले आफूले चुनाव जितेको उनले दावी गरे । चुनावी अभियानमा गरेको सहयोगका लागि ओलीलाई आफूले धन्यवाद दिएको पनि स्मरण गरे ।

    ताप्लेजुङको विरोध सभालाई सम्बोधन गर्दै नेता भट्टराईले अहिले आफू सत्यको पक्षमा रहेको र ओलीलाई समर्थन गर्न नसकेको बताए । आफूलाई पाथिभरा माता र ताप्लेजुङका जनताले प्रतिगमनको विरुद्धमा जान आदेश दिएकाले आफू अहिले ओली विरोधमा र सत्यको पक्षमा रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology