Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मानव रुपि पुत्लाहरु

मानव रुपि पुत्लाहरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७७ मंगलवार • १९:१७:५२ बजे
  • 2.7K
    SHARES
  • मानव रुपि पुत्लाहरु

    रामचन्द्र तिम्सिना 
      (आवाज)

    images

    उ हावाको गति संगै चल्छ
    हावाको वेग संगै बहन्छ
    गाउँछ हावाको तालमा 
    नाच्छ हावा कै शुरमा।

    त्यसैले त

    हावाको उक्साहटमा
    तर्साउन खोज्छ अरुलाई।
    डराउन खोज्छ
    थर्काउन खोज्छ
    हावाको वेग थेग्न नसक्दा
    आँधिहुरी तुफान रोक्न नसक्दा
    ढल्छ गर्लम्म ।
    तर पनि 
    जतिन्जेल आफू उभिन सक्छ
    सामर्थ्यवान देखाउँछ अरुलाई।

    देख्दैछु आजभोलि 

    जताततै उभिएका छन् 
    मानव रुपि पुत्लाहरु ।
    कोहि पार्टीको नाममा
    कोहि संस्थाको नाममा
    कोहि समाजसेवाको नाममा
    अनि कोहि कर्मचारीको नाममा।
    रंगिचंगी अनुहार पोतिएका
    रास्ट्रवादी जलपले बेरिएका
    इमानदारीता र बफादारिताको खास्टोले घेरिएका।

    सजाएईका छन् अरु बाटै ठड्याईएका छन् 
    अरु बाटै ।
    त्यसैले त यी पुत्लाहरु
    देशिलाई भन्दा बिदेशिलाई औधि माया गर्छन् 
    सत्कार गर्छन् 
    अनि श्रद्धाले झुक्छन चरणमा निहुरिन्छन।
    ईशारा बुझ्छन् खिस्स हाँस्छन
    ङिच्च दाँत देखाउँछन
    अनि बफादारिता दर्शाउँछन।

    मिठा भाषण गुनगुनाउँछ
    गतिला तर्क प्रस्तुत गर्छ
    मानौं उ 
    पुत्ला नै होईन मानव हो
    काछिमा आची च्यापेर सुगन्धित बनाउँन खोज्छ आफुलाई।
    त्यसैले त मनै देखि भन्न मन लाग्छ
    उ मानव रुपि पुत्ला नै हो ।
    मानव रुपि पुत्ला नै हो ।

     

  • सम्बन्धित विषय:

  • # मानव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology