Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नायिका राजश्रीले आत्महत्या गर्नु ६ महिनाअघि भनेकी थिइन्,म मर्न चाहन्छु’

नायिका राजश्रीले आत्महत्या गर्नु ६ महिनाअघि भनेकी थिइन्,म मर्न चाहन्छु’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७७ मंगलवार • १९:२९:२७ बजे
  • 2.6K
    SHARES
  • नायिका राजश्रीले आत्महत्या गर्नु ६ महिनाअघि भनेकी थिइन्,म मर्न चाहन्छु’

    बिग बस कन्नडको तेस्रो श्रृङ्खलाकी सहभागी नायिका जयश्री रमैयाको निधन भएको छ । सोमबार, २५ जनवरीमा जयश्रीलाई बेंगलुरुस्थित एक ओल्ड एज होम र रिह्याबिलिटेशन सेन्टरमा मृत पाइयो ।

    images

    उक्त आश्रममा उनको उपचार चलिरहेको पनि बताइएको छ । उनको शव झुण्डिएको अवस्थामा फेला परेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार जयश्री रमैया थुप्रै वर्षदेखि डिप्रेशनको शिकार थिइन् र सोसल मिडियामा उनले यो संसार छोड्न चाहेको इशारा पनि गरेकी थिइन् । 

    सन् २०२० मा आत्महत्याबारे कुरा गरेकी थिइन्ः

    जुलाई २०२० मा जयश्रीले आफ्नो फेसबुक पेजबाट लाइभ भिडियो सेयर गरेकी थिइन् । यद्यपि, पछि उनलाई बिग बस कन्नडका प्रस्तोता सुदीपले बचाएको बताइन्छ ।

    जयश्रीले आफ्नो भिडियोमा भनेकी थिइन्, ‘म क्विट गरिरहेकी छु । संसार र डिप्रेशनलाई अलविदा ।’ उनले यो पनि भनेकी थिइन्, ‘म यो सब चर्चा पाउनका लागि गरिरहेकी छैन । म सुदीप सरबाट आर्थिक मद्दत पनि चाहन्नँ । म मर्न चाहन्छु किनभने म डिप्रेशनसँग जुध्न सकिरहेकी छैन ।’

    डिप्रेशनकी शिकार थिइन् जयश्रीः

    जयश्रीले भनेकी थिइन्, ‘म आर्थिक रुपले सबल छु तर डिप्रेशनसँग जुधन् सकिरहेकी छैन । म अत्यधिक नीजि समस्याबाट जेलिएकी छु । मैले बाल्यकालदेखि नै धोका पाइरहेकी छु र म त्यसबाट अघि बढ्न असफल रहेँ ।’

    जयश्रीले प्रशंसकसँग मर्सी किलिङको माग गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘म कायर छु, मलाई मर्सी किलिङको आवश्यकता छ । मलाई यतिबेला योमात्रै चाहिन्छ । प्लिज, प्लिज, प्लिज मलाई मर्सी किलिङ दिनुहोस् ।’

    यद्यपि, केही समयपछि जयश्रीले आफ्नो यो भिडियोलाई फेसबुकबाट डिलिट गरेकी थिइन् । यसका साथै उनले नायक किच्चा सुदीपलाई धन्यवाद पनि दिएकी थिइन् । उनले एउटा पोस्टमा लेखेकी थिइन्, ‘धन्यवाद सुदीप सर तपाईं र तपाईंको टीमले मलाई बचाउनुभयो र मेरो केयर गर्नुभयो ।

    मेरा प्यारा साथीहरु र प्रशंसकले पनि मद्दत गर्नुभयो । तपाईंहरु सबैलाई तनावमा पारेकोमा माफी चाहन्छु, अब म ठिक छु । धन्यवाद मिडिया, तपाईंको समर्थनका लागि आभारी छु ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology