म्याग्दीमा गएको बुधबारदेखि देखि परेको अविरल बर्षाका कारण जिल्लाको धौलागिरी गाउॅपालिका ६ मरांग र मालिका गाॅउपालिका ७ बिम मा गएको पहिरो र त्यसबाट ज्यान गुमाउने नागरिकहरु प्रति दुख ब्यक्त गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) का जिल्ला ईन्चार्ज क. दिपा ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै,पहिरो पीडित घाइतेहरुको उद्वार गरि उपचारको ब्यवस्था गर्न,पिडित परिवारलाई तुरुन्त राहतको ब्यबस्था गर्न र जिल्लाका पहिरो प्रभावित सबै स्थानका जनतालाई उचित ब्यवस्थापन गर्न माग गरेको छ।
साथै उद्वारको लागि पार्टी जबस मोर्चाका सबै संगठनका नेता कार्यकर्ता तथा लाई निर्देशन दिदै म्याग्दी जिल्ला पार्टी कमिटी मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
प्रेस विज्ञप्ति जस्ताको तस्तै हेर्नुहोस ।
