Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओली समूहको सभामा आउनेलाई दुई सय रुपैयाँ भत्ता, खाजा फ्री !

ओली समूहको सभामा आउनेलाई दुई सय रुपैयाँ भत्ता, खाजा फ्री !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७७ बुधवार • ११:२८:५१ बजे
  • 1.4K
    SHARES
  • ओली समूहको सभामा आउनेलाई दुई सय रुपैयाँ भत्ता, खाजा फ्री !

    संसद विघटनपछि नेकपाको दुवै समूहबीच आफ्नो पक्षमा जनमत रहेको देखाउन शक्ति प्रदर्शनको होडबाजी चलेको छ ।

    images

    राजधानीसहित देशका विभिन्न स्थानमा दुवै समूहका भेला, प्रदर्शन र सभा भइरहेका छन् । सर्वसाधारण दुवै समूहको तानातानमा परेका छन् । ९ माघमा नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाण्डुमा राम्रै शक्ति प्रदर्शन ग¥यो । सोही दिन आफ्नो समूह निकट पेशागत महासंघका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपालले देशभरबाट अलिअली मानिस जम्मा पारेको टिप्पणी गर्दै जनमत कसको पक्षमा छ भन्ने हेर्न २३ माघसम्म कुर्न भनेका थिए । २३ माघमा ओली समूहले राजधानीमा जनसभा गर्दैछ ।

    आफ्नो पक्षमा भिड देखाउने होडबाजीमा सप्तरीमा सरकारी नेकपाको कार्यक्रममा दुई सय रुपैयाँ भत्ता र खाजा खुवाउने आश्वासन दिएर सर्वसाधारणलाई जम्मा पारिएको खुलासा भएको छ । राजविराजस्थित राजरंगशालामा मंगलबार आयोजित ओली समूहको आमसभामा सहभागी हुन आउनेलाई पैसाको लोभ देखाइएको हो । सभालाई ओली समूहका नेता एवं बिना विभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए । सभामा सहभागी हुन आएकी मुक्तादेवी सदाले ओली समूहका स्थानीय नेता दुर्गा ठाकुरले आफूहरुलाई पैसा र खाजा खुवाउने भन्दै ट्याक्टरमा राखेर कार्यक्रमस्थलमा ल्याएको बताइन् ।

    सप्तरी गोइठीका परमेश्वर सदाले पैसा लिएर आफूहरु कार्यक्रममा आएको स्वीकार गरे । उनले आफ्नो टोलबाट मुसहर समूदायका करिब ७० जना सभामा उपस्थित भएको उल्लेख गरे । काठमाण्डु टुडे

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology