Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आउँदो निर्वाचनमा कांग्रेस शक्तिशाली हुन्छः बामदेव गौतम

आउँदो निर्वाचनमा कांग्रेस शक्तिशाली हुन्छः बामदेव गौतम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७७ बुधवार • १३:३३:४३ बजे
  • 1.2K
    SHARES
  • आउँदो निर्वाचनमा कांग्रेस शक्तिशाली हुन्छः बामदेव गौतम

    नेकपाका उपाध्यक्ष बामदेव गौतम आउँदो निर्वाचनमा कांग्रेस शक्तिशाली हुने बताएका छन् ।नेकपा एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष गौतमले पुरानो मतको हिसाब निकाल्दै नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने बताएका हुन् ।

    images


    अघिल्लो निर्वाचनमा दुई ठूला कम्युनिष्ट पार्टी मिलेर निर्वाचनमा जाँदा ठूलो लहर आएको उल्लेख गर्दै गौतमले त्यतिबेला दुई पार्टीले ४३ लाख मतमात्रै आएको उल्लेख गरे । उक्त निर्वाचनमा कांग्रेसले ३० लाख मत पाएको थियो ।


    गौतमको अनुमानमा तीन वर्षमा करिब ७ लाख मतदाता बढेका हुनसक्छन् र ती मतदाता विभाजित हुँदा कांग्रेसको मत बढ्ने र नेकपा विभाजित हुदाँ झन् घट्नेछ ।

    गौतमले भने,‘यो तथ्यले बताउँछ कि हामी हार्छौं र बीचबाट उठेको कांग्रेस सरकारमा पुग्ने पक्का छ । तर, नेताहरु फुटाएर बहुमत ल्याउँछौँ भनिरहनुभएको छ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology