Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संसद पुनःस्थापना भएन भने कार्यकाल ५ वर्ष लेखे पनि २ वर्षमै विघटन हुन्छः अधिवक्ता संग्रौला

संसद पुनःस्थापना भएन भने कार्यकाल ५ वर्ष लेखे पनि २ वर्षमै विघटन हुन्छः अधिवक्ता संग्रौला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७७ बुधवार • १६:१०:५९ बजे
  • 865
    SHARES
  • संसद पुनःस्थापना भएन भने कार्यकाल ५ वर्ष लेखे पनि २ वर्षमै विघटन हुन्छः अधिवक्ता संग्रौला

    संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बुधबार पनि बहस भइरहेको छ ।आज बहस गर्न आएका वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले संसद विघटन सदर भएमा प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुने बताएका छन् ।
    संविधानमा २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने नजीर बस्ने बताएका हुन् ।

    images

    संग्रौलाले भन, ‘संसद पुनःस्थापना भएन भने प्रतिनिधिसभाको कार्यकाल लेख्न ५ वर्ष लेखे पनि २ वर्षको हुन्छ ।’ संसद विघटनलाई अदालतले सदर गरेमा यसपछिका प्रधनमन्त्रीहरुले पनि २ वर्षपछि संसद विघटन गर्ने उनको भनाइ थियो ।

    ‘हामीले आवधिक निर्वाचनलाई मानेका छौं, मध्यावधि निर्वाचनलाई मानेका छैनौं, आवधिक निर्वाचन ५–५ वर्षमा हुन्छ’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # संसद पुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology