Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७७ बुधवार • १७:३८:५४ बजे
  • 1.4K
    SHARES
  • अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

    गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ८० प्रतिशत सम्पन्न भएको छ । गोदावरी नगरपालिका–३ मा शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गत वर्ष २०७६ कात्तिक २० मा सम्झौता भई कात्तिक २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको थियो ।

    images


    केन्द्र भवनको भूइँतलामा टाइल हाल्ने काम ७५ प्रतिशत सकिएर शौचालय, स्नानगृह र धारा हाल्ने काम ९० प्रतिशत सम्पन्न गरिनुका साथै केन्द्रको मुख्य भवनबाहेक अन्यमा एसी जडानको कामसमेत सकिसकेको विभागका सव–इञ्जिनीयर रामचन्द्र मेहेता कुशहवाले बताए । उनले भने, “हालसम्म केन्द्रभित्रको काम ८० प्रतिशत सम्पन्न भइसक्यो । फल्स सिलिङको काम सातदेखि १० दिनमा सकिन्छ भने भवनको उत्तर र दक्षिणपट्टि एक–एक लिफ्ट हाल्ने काम पनि १५ देखि २० दिनमा सकिने छ ।”


    सम्मेलन केन्द्रमा ए, बी र सी नामक तीन ब्लक रहँदा ‘ए’ र ‘सी’ भने सम्मेलन केन्द्र प्रवेश गर्ने थलो रहनुका साथै ‘बी’ मा तीन हजार क्षमताको कक्ष रहनेछ । ‘सी’ ब्लक भवनमाथि छत ढलान र भूइँतला टायल हाल्न बाँकी रहेको कुशहवाले जानकारी गराए । केन्द्रको ‘बी’ ब्लकमा हालिने तीन हजार मेच आइसक्यो । तीमध्ये दुई हजार ५०० फिट भइसके भने जडान गर्न सबै नै बाँकी रहेको जेभीका स्थलगत इञ्जिनीयर भरतकुमार यादवले बताए ।

    उनले भने, “केन्द्रको छतमा ‘रुफ प्यानल’ जडान, वरपर सडक निर्माण र तीनवटा प्रवेशद्वार बनाउन बाँकी छ । भवन दुई तलामाथि र पूर्वतिर भूइँमा टायल हाल्ने काम सकिएर पश्चिमतर्फ मात्र टायल हाल्न बाँकी छ ।” केन्द्र भवनको छतमा ०.५ एमएम मोटाइको प्यानल प्रयोग गर्न सबै बाँकी रहेको र बीचमा ट्रष्टमाथि प्यानल र मुनि सिलिङ रहने यादवले जानकारी गराए।

    केन्द्र भवनमा मुलुकमै पहिलोपटक ५८ मिटर लामो ट्रष्ट हालिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले कोरोना महामारी पटकपटक सातदोवाटो–गोदावरी खण्डको सडक बन्दले केन्द्रमा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको उनले उल्लेख गरे ।

    पहिलोपटक २०७६ को अन्त्य अर्थात् चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो । दुई महिना त्यस क्षेत्रभित्रका रुख काट्न, बेलाबेलामा पानी परेर मौसमले साथ नदिँदा बिहान अनि बेलुका दुवै समय काम गर्न पाएनौं र पछि कोभिड महामारीले गत चैतदेखि असार मसान्तसम्म लगभग चार महिना काम ठप्प भएको भट्टले जानकारी गराए । उनले थपे, “आउँदो चैत २८ गतेसम्म केन्द्र निर्माणको काम सम्पन्न गरिसक्ने छौं । नयाँ वर्षमा सम्मेलन केन्द्र तयार हुन्छ ।”

    केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ । सम्मेलन केन्द्रले ६० हजार वर्ग फिट अर्थात् २५ रोपनी क्षेत्रफल ओगटेको बताइएको छ । जेभीले सरकारसँग रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिएको जेभीका साइट इञ्जिीनियर पवन मैनालीले बताए ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology